नेपाल–चीन सम्बन्ध कसैले हल्लाउन सक्दैनः राजदूत यान्छी


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्ध कसैले हल्लाउन नसक्ने बताएकी छन् ।

बिहीबार साँझ ट्वीटरमार्फत चीनले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै राजदूत यान्छीले नेपाल–चीन मित्र र छिमेकी मात्र नभई भाई र बहिनीको जस्तो भएको बताएकी छन् ।

‘नेपाल–चीनबीचको सम्बन्ध कसैले हल्लाउन सक्दैन । चीन र नेपाल मित्र र छिमेकी मात्र होइन, भाई र बहिनीहरू जस्तै हुन् । यो मित्रता अप्रिय छ’, राजदूत यान्छीले भनेकी छन् ।

नेपालको विपत्तिमा चीनले निरन्तर सहयाग गर्दै आइरहेको छ । राजदूत यान्छीले चीनले नेपाललाई भूकम्प, बाढी, ईन्धनको संकट, कोरोना भाइरसलगायतको संकटमा सहयोग गर्दै आइरहेको स्मरण गरेकी हुन् ।

‘जे भए पनि, हामी सँधै दुःख र दुःखमा साथ दिनेछौं’, राजदूत यान्छीले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement