नेपालमा चिनियां प्रभाव बढ्यो भन्ने अमेरिकी भनाईमा दम छैन्ः सरकारका प्रवक्ता बांस्कोटा


काठमाडौंअमेरिकाकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विदेश सहायकमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियां प्रभाव बढेको बताएकी छन् चिनियां राष्ट्रपति सी चिङफिङ नेपालको दुईदिने भ्रमणबाट फर्केलगत्तै अमेरिकाले नेपालमा चिनियां प्रभाव बढ्दै गएको र तिब्बती बुद्धमार्गीका गतिविधिमा रोक लगाइएको प्रतिक्रिया दिएको छ

अमेरिकाकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विदेश सहायकमन्त्री वेल्सले बुधबार एक संसदीय उपसमितिमा लिखित वक्तव्य दिंदै चिनियां प्रभाव बढेका कारण दलाई लामाको जन्मदिन समेत मनाउन नेपालमा रोक लगाएको आरोप लगाएकी छन्

चीनसंग सुपुदुर्गी सन्धी गर्ने तयारीमा रहेको सरकार एकाएक पछि हटेपछि चीनले त्यसलाई पश्चिमा मुलुकको दबावले काम गरेको अर्थमा लिएको विश्लेषण भएको थियो प्रधानमन्त्री केपी शर्मा ओलीसंगको प्रतिनिधीमण्डलस्तरिय वार्तामा चिनियां राष्ट्रपति सीले पश्चिमा शक्तिहरुलाई इंगित गर्दै चीनको विभाजन चाहने र त्यस्ता गतिबिधि गर्नेहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए।

अमेरिकी सहायकमन्त्रीको वक्तव्यमा नेपालको संविधान र अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताहरुमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाइने भनिए पनि धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौती कायमै रहेको उल्लेख गरेकी छन्

यता,सरकारका प्रवक्ता गोकुल बांस्कोटाले भने अमेरिकी आरोपमा दम नभएको बताएका छन् मन्त्री बांस्कोटाले नेपाली भूमिबाट कसैलाई पनि अर्को मुलुकविरुद्ध असर पर्ने काम हुन नदिने प्रतिवद्धता व्यक्त गरे अमेरिकी चासोमा कुनै दम नभएको भन्दै मन्त्री बांस्कोटाले नेपालमा सद्भावना भ्रमणको रूपमा आउंदा विशिष्ठ अतिथिहरूको मन दुखाउने गरी कसैले गतिविधि गर्छ वा गर्न खोज्छ भने त्यसलाई नियन्त्रण गर्नु नेपालको कर्तव्य भएको प्रतिक्रिया दिए

यस्तो छ वेल्सको लिखित वक्तव्य-

प्रतिक्रिया दिनुहोस
Advertisement