नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने चीनको घोषणा


काठमाण्डु – चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोरोनाविरुद्धको लडाइमा सहयोग गर्ने बताएकी छन् ।

उनले कोरोना भाइरसको लडाईं जित्नका लागि चीनले थप १६ लाख खोप उपलब्ध गराउने जानकारी गराएकी हुन् ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनले सहयोग गर्न लागेको जानकारी गराएको छ । राजदूतको उक्त घोषणापछि प्रधानमन्त्री देउवालाई चीन सरकारलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement