चिनियाँ प्रधानमन्त्री लिले भने : देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक छौं


काठमाण्डु – चीनका प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

बुधबार चिनियाँ राजदूतावासले प्रधानमन्त्री लिका तर्फबाट बधाई तथा शुभकामना सन्देश जारी गर्दै नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताएको हो ।

बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement