चीन पत्रकारका लागि विश्वकै खराब देश


एजेन्सी – चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस वीदाउट बोर्डरस (आरएसएफ) ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश सावित भएको देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड १९ संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई चीनले कैद गरेको थियो । अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement