चिनियाँ राष्ट्रपतिलाई भण्डारीको पहिलो भिडियो सन्देश


काठमाडौं – पर्सिदेखि शुरु हुने चिनियाँ नयाँ बर्ष (मुसा बर्ष) २०२० को अवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारीले आफ्ना समकक्षी सि जिन्फिङ्गसहित त्यहाँका जनताको नाममा भिडियो सन्देश पठाएकी छन् ।

बुधबार दिउँसो शीतल निवासमा रेकर्ड गरिएको उक्त सन्देश ५ मिनेट ३० सेकेण्डको छ । टेलिप्रिन्टर विधिबाट पढिएको सन्देश दुई देशवीच परापूर्वकालदेखि चलिआएको मैत्रीपूर्ण असल छिमेकीपनका समग्र पक्ष र हालै सम्पन्न उच्चस्तरीय भ्रमणका उपलब्धिहरुमाथि आधारित छ ।

नेपाली भाषामा पठाइएको सन्देशलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (ऋच्क्ष्) की नेपालस्थित सम्बाददाता श्रीमती बर्षा (चाङ्ग युए) ले आफ्नो मातृभाषामा अनुवाद गरी आज २४ रास्ट्रपति सिसमक्ष प्रस्तुत गर्ने र लगत्तै टेलिभिजन च्यानलहरुबाट प्रशारण हुने कार्यक्रम रहेको बताइन्छ ।

यस्तो सन्देश जापानी प्रधानमन्त्री सिन्जो आबेलगायतबाट संकलन गरिसकिएको छ । यसखाले प्रत्यक्ष भिडियो सम्वाद प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईचोटी गरिसकेका छन् । भने रास्ट्रपतिको तहमा रेकर्डेड सन्देश बाहिर पठाउनेचाहिँ यो पहिलो अभ्यास हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement