राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सीले दिए बधाई !


काठमाडौँ– राष्ट्रपति विद्या देवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिङ पिङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । दोस्रो कार्यकालका लागि मंगलबार निर्वा्चित भएकी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरिसकेकी छन् ।

चिनियाँ राष्ट्रपति सीले शुभकामना सन्देश पठाउँदै नेपाल र चीन नजिकका छिमेकी भएको बताएका छन् । उनले चीनले सँधै नेपाली जनताको स्वतन्त्रातालाई सम्मान गर्ने भन्दै नेपालको विकासमा सँधै सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सीले भण्डारी र नयाँ सरकारको नेतृत्वमा नेपालले सम्वृद्धिको दिशामा अगाडि बढ्ने अभूतपूर्व उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर््याउनुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement