चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणमा ल्याउन परराष्ट्रमन्त्री ज्ञवालीको पहल


काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच नेपाल चीनको समग्र विषयमा छलफल हुने भएको छ । गृष्म डाभोस मञ्चमा सहभागी हुन चीन पुगेका मन्त्री ज्ञवालीले आज साँझ चिनियाँ समकक्षीसँग भेट गर्ने कार्यक्रम तय भएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटबार्तामा वर्तमान सरकार बनेपछि भएका भ्रमणको समग्र दुईपक्षीय सम्बन्ध बारेमा छलफल हुने नेपाली प्रतिनिधिमण्डलले जनाएको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङसँग चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको बारेमासमेत छलफल गर्ने बताइएको छ ।

नेपालले लामो समयदेखि चिनियाँ राष्ट्रपति सीको भ्रमणको प्रतिक्षा गरिरहेको विषयलाई मन्त्री ज्ञवालीले वाङमार्फत पुनः दोहोर्याउनेछन् ।

यसैबीच मन्त्री ज्ञवाली डालियान पुगेर गृष्म डाभोसको दोस्रो दिनका कार्यक्रममा सहभागी भएका छन् । मंगलबार आयोजित विश्व आर्थिक मञ्चमा ‘जलवायु परिवर्तनः अर्को वित्तीय संकट’ शीर्षकको सत्रमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रतिकुल प्रभावको सामना गर्न अन्तर्रा्ष्ट्रिय स्तरमा सहयोग बढाउन आग्रह गरेका छन् ।

‘नेपालबाट कार्बन उत्सर्जन अति कम मात्रामा भइरहे तापनि नेपालले विषम र असंगत रुपमा त्यसबाट हुने असर भोगिरहेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘यस सन्दर्भमा जलवायु न्यायको प्रवद्र्घन आवश्यक छ र प्रविधिसम्मको पहुँच सहज बनाउनु पर्छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्राण्डसँग भेट गर्दै नेपाल र विश्व आर्थिक मञ्चबीच विशेषत अनुसन्धान तथा क्षमता निर्माणको क्षेत्रमा थप सहयोग बढाउने विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement