चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने


एजेन्सी – चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन् । चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन् । ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए । उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण गर्ने बताए ।

ताईवानले अमेरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको टिप्पणी आएको हो । सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन् । गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो ।

त्यसको अमेरिकाले विरोध गदैै आएको थियो । चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले पछिल्लो समयचीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement