खुला-खुला विरोधी गतिविधिमा अमेरिकी उपमन्त्री जिया, सरकारको मौन समर्थन !


काठमाण्डु – नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री एवंम तिब्बती मामिला संयोजक उज्रा जियाले आजबाट उच्चस्तरीय भेटवार्ता गर्दैछिन् । भारतमा दलाई लामा भेटेर नेपाल भ्रमणमा आएकी उनले सोमबार खुलै रुपमा जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेर तिब्बती शरणार्थीहरुसंग अन्तक्रिया गरिन् । उनलाई नेपाल प्रहरीले सुरक्षा दिएर त्यहा लगेको थियो ।

उनको व्यक्तिगत भ्रमणबारे आफुलाई जानकारी नभएको लाचार र गैरजिम्मेवार जवाफ शुक्रबार परराष्ट्र प्रवक्ता सहसचिव सेवा लम्शालले दिईन । जवकी भ्रमणको सबै प्रबन्ध गर्ने जिम्मा परराष्ट्र र सुरक्षाको व्यवस्था गर्ने काम गृह मन्त्रालयको हेो ।

जियाले त्यहां मात्र होईन् तिब्बती शरणार्थीको क्याम्प र बौद्धस्थित बौद्ध गुम्बाको भ्रमण समेत गरेकी छिन् । जियाले अमेरिकी राजदूतको निवास कमलादीमा दलाई लामा निकट नेता र सांसदहरुसंग समेत भेटवार्ता गरेको स्रोतको दावी छ । उनको भेटवार्ताबारे परराष्ट्र र गृहमन्त्रालयका अधिकारीहरु भने अनविज्ञता प्रकट गर्छन । तर, जियाको भ्रमणको सुरक्षा प्रबन्ध भने गृहमन्त्रालयअन्र्तगतको नेपाल प्रहरीले मिलाईरहेको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालले अमेरिकी उपमन्त्री जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेको समाचारलाई कोट गर्दै टिवटरमा लेखेका छन् ‘अलि हजम भएन । दिश सुडन्ट वी इन्करेज्ड’

धेरैले सामाजिक संजालमा तिब्बत मामिलामा नेपाल टाढा बस्नुपर्ने सुझाव दिएका छन् । उनिहरुले अमेरिकाले नेपालको सार्वभौमिकता ख्याल गर्नुपर्ने धारणा राखेका छन् । तर, नेपाली अधिकारीहरु भने यसबारेमा चुपचाप छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कतिपय अमेरिकासंग निकट भनेर आरोप लगाइरहेका छन् ।

पछिल्ला घटनाक्रमले सरकारले छिमेकीहरुसंगको सम्बन्धभन्दा अमेरिकासंगको सम्बन्ध नै बलियो बनाउन लागिपरेको देखिन्छ । प्रधानमन्त्री देउवा जुन अन्तिममा अमेरिका भ्रमणमा जाने तयारीमा समेत छन् । उनको सरकारले निरन्तरता पाए देउवाले राजकिय सम्मान पाउने सम्भावना रहेको अधिकारीहरु बताउंछन् ।

अमेरिकी उपविदेशमन्त्री जिया एक दशकयता नेपाल भ्रमणमा आउने सबैभन्दा उच्च अधिकारी हुन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खांड र मुख्यसचिव शंकर दास बैरागीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

शनिवारको अन्र्तक्रियामा तिब्बती समुदायका अगुवाहरुले शरणार्थी परिचयपत्र नहुंदा मानवअधिकारका आधारभुत पक्षबाट वंचित हुनुपरेको गुनासो गरेका थिए । आज हुने भेटवार्तामा उनले तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेको स्रोत बताउंछ ।

सरकारले १९९५ बाट तिब्बती शरणार्थीहरुलाई शरणार्थी परिचय पत्र दिएको छैन । तर, अमेरिकाले नेपाललाई परिचय पत्र दिन दबाव दिंदै आएको छ । तिब्बती मामिला हेर्ने विशेष संयोजक रहेकी जियाको भ्रमणको मुख्य उद्देश्य नै तिब्बतीहरुको मुद्दा रहेको बताइन्छ ।

तर, चिनियां राजदूतले उनको भ्रमणअघि नै गृहमन्त्री बालकृष्ण खांडलाई भेटेर आफ्नो असन्तुष्टि जनाइसकेकी छिन् । उनले बुधबार गृहमन्त्रालयमा पुगेर मन्त्री खांडलाई तिब्बती शरणार्थीहरुलाई परिचयपत्र उपलब्ध गराउने चर्चाबारे जिज्ञासा राखेकी थिईन । साथै, उनले नेपालले लिएको एक चीन नीतिको अडानबारे समेत उनले स्मरण गराएकी थिईन ।

राजदूत होउ यान्छीले यो विषयमा बेइजिङको गम्भिर चांसो रहेको बताएकी थिईन । जवाफमा गृहमन्त्री खांडले दुई देशको सम्बन्ध र चीनको सुरक्षा चांसोप्रति आफु संवेदनशिल रहेको बताएका थिए । तर, शनिवार जियाको तिब्बतीहरुसंगको खुला भेटवार्ताप्रति भने चीन असन्तुष्ट बनेको स्रोत बताउंछ ।

चीनले अमेरिकाले तिब्बतीलाई आफ्ना विरुद्ध उचाल्ने गरेको आरोप लगाउंदै आएको छ । उसले तिब्बतीहरुलाई पृथकतावादी राजनीतिक समूहको आरोप लगाउंदै अमेरिकी गतिविधीको शसक्त विरोध गर्दै आएको छ ।

चिनियां विदेश मन्त्रालयका प्रवक्ता लिजियानले बिहिवार अमेरिकाले तिब्बतलाई चीनको हिस्साका रूपमा स्वीकार गर्नेे पूर्व प्रतिवद्धताको सम्मान गर्न भन्दै जियाले भारत भ्रमणमा दलाई लामालाई भेटेको बारे असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement