चीनबाट ८ लाख डोज खोप काठमाण्डु आइपुग्यो


काठमाण्डु – चीनबाट ८ लाख डोज खोप काठमाण्डु आइपुगेको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको उक्त खोप केहीबेर अघि काठमाण्डु आइपुगेको हो ।

खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति ११ बेइजिङ गएको थियो । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए ।

उक्त खोप खोप नलगाएका ७७ वटै जिल्लाका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको खोप महाशाखाका प्रमुख झलक गौतमले कुन उमेर समूहका नागरिकलाई खोप लगाउने भन्ने विषयमा छलफल हुने बताए ।

त्यस्तै आजै अर्को उक लाख खोप चीनको कुन्मिङबाट आउँदैछ । हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप ल्याउने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement