सिनोफार्मको खोप लगाउने नेपालीलाई मात्रै चीन प्रवेशको अनुमति !


काठमाण्डु – चीनले आफ्नो देशमा बनेको कोभिड–१९ को खोप लगाउने नेपालीहरुलाई मात्र भिसा दिने बताएको छ । दूतावासको विज्ञप्तिअनुसार चीन जाने यात्रुलाई समस्या पर्ने देखिएको छ ।

काठमाण्डुस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा निर्मित खोप नलगाएका नेपालीहरुलाई चीन प्रवेश गर्न नदिने बताएको हो ।

दूतावासले आवेदकहरूले चीनमा आवश्यक काम, व्यवसाय, भ्रमण, आदिका लागि कोभिड–१९ खोप लगाएको प्रमाणसहित आवेदन दिन सक्ने बताएको छ । विज्ञप्तिमा चीन जाने यात्रुको अनिवार्य कोभिड नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने र चीन पुगेपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

चीनले विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिन सकिने दूतावासले जनाएको छ ।

नेपालमा सिनोफार्म खोपको आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ । यो खोप कोरोना भाइरसविरुद्ध ८० प्रतिशतसम्म प्रभावकारी हुने जनाइएको छ । चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । तर, उक्त खोप नेपाल आइपुगेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement