विश्वसंग नयां खालको अन्र्तराष्ट्रिय सम्बन्ध बनाउन लागिरहेको चिनियां विदेशमन्त्रीको खुलासा


चिनियां जन कांग्रेसको पहिलो अधिवेशन सुरु
बेइजिङ– चिनियां विदेश मन्त्री वाङ यी ले अमेरिकाको ठाउ चीनले नलिने प्रष्ट पारेका छन् । जन कांग्रेसको पहिलो सत्रको साइडलाइनमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्रीले वाङले यस्तो बताएका हुन । उनले अमेरिका चीनको रणनीतिक प्रतिस्पर्धी भएपनि उसको ठाउ चीनले लिन्छ भन्नु गलत भएको दाबी गरे ।

‘चीनले अमेरिको ठाउ लिन्छ भनेर बुझ्नु नै गलत हो, अमेरिका हाम्रो रणनीतिक प्रतिष्पर्धी हो, उसको ठांउ हामिले लिंदैनौ, लिने हाम्रो कुनै योजना पनि छैन्।’ चिनियां विदेशमन्त्रीले भने । उनले चीन आफ्ना जनताको स्वार्थ र विश्व शान्तिको पक्षमा रहेको स्पष्ट समेत पारे । चिनियां कम्युनिष्ट पार्टीको १३ औं जनकंग्रेसको बेइजिङमा सुरु भएको पहिलो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।

विदेशमन्त्री वाङले आफ्ना राष्ट्रपति सी जिन पिङ देशको कुटनीतिको मुख्य डिजाइनर भएका बताए । उनले चीन विश्वसंग नयां खालको अन्र्तराष्ट्रिय सम्बन्ध बनाउन लागिरहेको जानकारी समेत दिए ।

‘हाम्रा राष्ट्रपति सी चिनियां कुटनितिको मुख्य डिजाइनर हुन्, उनि व्यक्तिगत रुपमै निति निर्माणमा संलग्न छन् । उनकै पहलमा हेड अफ स्टेट डिप्लोमेसी लागु भएको हो ।’ विदेशमन्त्रीले भने ।

त्यसबाट मानव जातीका लागि साझा भविष्य सहितको समुदाय बनाउन सहयोग पुग्ने वाङको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement