चिनियां नागरिक प्रक्राउ प्रकरण : संख्या १२२ पुग्यो,ब्यारेकमा जस्ताे बस्थे परेड खेल्थे


काठमाडौँ – संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

आज प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद रहेको र उनीहरू अनलाइन फ्रडमा संलग्न रहेकाे अाशंकामा अनुसन्धान भइ रहेकाे जानकारी दिनुभयो ।उहाँले तीन स्थानबाट ९९ जना पक्राउ गरिएको स्पष्ट पार्दै चावहिल, बौद्ध र कोटेश्वरक्षेत्रमा बसोवास गरी रहेका चिनियाँ नागरिकमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

सिंगो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका हुन । यो समाचार गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement