चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिवबीच बेइजिङमा भेटवार्ता


काठमाण्डु – चिनियाँ विदेशमन्त्री छिनकाङ र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ। बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ।

भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको छ।

भेटमा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement