चिनियाँ विदेशमन्त्री वाङ र अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेट


काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियां विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार बिहान चिनियां विदेशमन्त्री वाङ र प्रचण्डबीच काठमाडौं म्यारियट होटलमा भेटवार्ता भएको हो । विदेशमन्त्रीसँगको भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने बताए।

‘आर्थिक विकासमा चिनियाँ सरकारबाट हुने सहयोग र हाम्रा अपेक्षाबारे कुराकानी भयो,’ प्रचण्डले भने, ‘दुई देशबीच सम्बन्ध अझै सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।’

प्रचण्डका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि विदेशमन्त्रीसँग कुराकानी भयो। ‘राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि हामीले भेटमा चर्चा र्गयौं,’ उनले भने, ‘विदेशमन्त्री असाध्यै सकारात्मक हुनुहुन्छ।’ प्रचण्डका अनुसार चीनले आर्थिक क्षेत्रमा मात्रात्मक मात्र नभएर गुणात्मक सहयोग गर्ने विश्वास गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement