चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउँन आग्रह


बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गरेका छन्। सन् १९११ को क्रान्तिको स्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।

उक्त अवसरमा राष्ट्रपति सीले भन्नुभयो- विगत ११० वर्षले हामीलाई राष्ट्रिय कायाकल्पको अनुभूति गर्नका लागि हामीलाई एक स्थिर र एकजुट घरेलु वातावरण मात्र नभई एक शान्तिपूर्ण र स्थिर अन्तरराष्ट्रिय वातावरणको पनि आवश्यकता औल्याएको छ। राष्ट्रपति सीले चीनले आगामी दिनमा शान्ति, सद्भाव, पारस्परिक लाभ, समान लाभको भविष्य र मानव समुदायको उज्ज्वल भविष्यका लागि सुन्दर र सार्थक विश्व व्यवस्थाको निम्ति झण्डा उठाउने बताएका छन्।

“हामी शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र, र स्वतन्त्रताका साझा मानव मूल्यहरू लाई बढावा दिनेछौं, अन्य सबै देशका जनता सँग एकता बलियो बनाउनका लागि काम गर्नेछौं, र आधिपत्य र सत्ता राजनीतिको विरोध को साझा प्रयासमा संलग्न हुनेछौं।“ सीले जोड दिए ।

सी ले थप जोड दिदै भन्नुभयो- चीन विश्वशान्ति को एक च्याम्पियन, वैश्विक विकासका लागि एक योगदानकर्ता, र अन्तरराष्ट्रिय व्यवस्थाका लागि एक रक्षक रहनेछ र हामी मानवताका लागि अझ ठूलो योगदान गर्नका लागि हाम्रो सबैभन्दा राम्रो कार्य गर्नेछौं। त्यसैगरी फरक सन्दर्भमा रष्ट्रपति सीले ताइवानको विषय चीनको कमजोरीबाट उठेको र यसलाई राष्ट्रिय एकताबाटै समाधान गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement