एक हजार जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ


काठमाडौं – काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एकरएक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जनही एक हजारका दलरले जरिवाना तिरेर छुटेका हुन् ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।

सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला गरेका थिए । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार जरिवानाको व्यवस्था भए चिनियाँ नागरिकलाई एक हजार जरिवाना तिराएर रिहा गरिएको छ ।

उनीहरूले एक हजार रूपैयाँ तिरेपछि प्रहरीले चिनियाँलाई थुनामुक्त गरेको छ । चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आइतबार नै उनीहरूलाई अध्यागमनको जिम्मा लगाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement