छन सोङले पाए नेपालका लागि नयां चिनियां राजदूतको जिम्मेवारी


बेइजिङ – चीनले नेपालका लागि छन सोङलाई राजदूतको रुपमा पठाउने भएको छ । चिनियां विदेश मन्त्रालयले सोङलाई नयां राजदूतको रुपमा पठाउने निर्णय गरेको स्रोतले बतायो । चिनियां राजदूत होउ यान्छी बेइजिङ् फर्केको एक महिना पछि चिनले करियर डिप्लोम्याटलाई नयां राजदुतको रुपमा नेपाल पठाउन लागेको हो ।

सोङ चिनियां विदेशमन्त्रालयमा एसिया मामिला विभागका पाँच डेपुटी डिरेक्टर जनरल (डीडीजी) मध्ये एक हुन्। उनि वरियतामा दोस्रो नम्बरमा रहेका छन् ।

सोङ नेपालसंग परिचित चिनियां अधिकारी हुन । परराष्ट्रमन्त्रालयका अधिकारीहरुकाअनुसार उनि नेपाल चीनबीच भएका पछिल्ला वार्ताहरुमा सहभागी हुंदै आएका थिए । उनले २०१६ सम्म दिल्लीस्थित चिनियां राजदूतावासमा डिसिएमको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement