चिनियाँ रक्षामन्त्रीलाई सैनिक मुख्यालयमा ‘गार्ड अफ अनर’ प्रदान


काठमाण्डु – नेपाली सेनाले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई गार्ड अफ अनर प्रदान गरेको छ ।

एकदिने नेपाल भ्रमणका लागि आज काठमाण्डु आएका फेङ्हेले जङ्गी अड्डामा सम्मान गारद ग्रहण तथा निरीक्षण गरेका हुन् ।

त्यस्तै उनले नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । केहीबेरपछि रक्षामन्त्री फेङ्हे र सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच वार्ता सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement