चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै


काठमाण्डु – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डु आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement