चिनियां विदेशमन्त्रीको नेपाल भ्रमण : बीआरआई कार्यान्वयन सम्झौता गर्न नेपाल अनिच्छुक


काठमाण्डु – चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी आजबाट औपचारिक भेटवार्ता सुरु गर्दैछन् । नेपालको तीन दिने भ्रमको क्रममा काठमाण्डौंमा रहेका उनी शनिबार हाइकिङका लागि बिहानै शिवपुरीस्थित नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन् । वाङ नेतृत्वको टोली हाइकिङका लागि शिवपुरीतिर गएपछी त्यहांको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

चिनियाँ विदेशमन्त्री हाइकिङ गर्न सोखिन छन् । उनि यसअघिको भ्रमणमा पनि हाइकिङका लागि नगरकोट पुगेका थिए । उनि त्यहाबाट फर्केलगत्तै होटल द्धारिकामा लन्च गर्ने र त्यसपछी औपचारिक भेटवार्ता सुरु गर्नेछन् ।

एमसीसी सम्झौंता संसदबाट पारित भएलगत्तै चिनियां विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको हो । उनि दक्षिण एसियाका मुलुकहरु पाकिस्तान,अफगानस्तिान र भारतको भ्रमण गरेर नेपाल आएका हुन् । वाङको भ्रमणले दुई देशको सम्बन्ध अझै मजबूत बन्ने अपेक्षा गरिएको छ ।

उनको नेपाल भ्रमणमा नयां कुनै सम्झौता हुने सम्भावना कम छ । तर, पुराना सम्झौता र सहमतिहरुको कार्यान्वयनको मुद्दा यसपटकको छलफलको एजेण्डा बन्दैछ । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने तत्काल अघि नबढ्ने देखिएको छ । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको त्यति रुची देखिएको छैन । बीआरआईलाई कार्यान्वयन सम्झौता गर्ने विषयलाई दुवै पक्षले अन्तिम रुप दिएपनि प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरु ऋण लिएर परियोजना अघि बढाउन सकरात्मक नभएपछि अहिलेलाई उक्त सम्झौता नहुने भएको हो ।

वाङले आफ्ना डा. नारायण खड्कासँग पहिलो औपचारिक भेटवार्ता गर्नेछन् । दुवैबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज दिउँसो ३ः३० बजे भेटवार्ता सुरु हुनेछ । उनिहरुबीच ३ः४५ सम्म एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछी ३ः४५ देखी प्रतिनिधिमण्डलस्तरमा छलफल गर्ने कार्यक्रम तय भएको छ । जहां नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जनलगायत १० वटा सम्झौतामा हस्ताक्षर हुनेछ ।

चिनियां विदेशमन्त्रीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सांझ ५ः४५ देखि ६ः१५ सम्म प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नेछन् । त्यहीबाट चिनियां सहयोगमा बनाइएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गर्ने र नेपाललाई हस्तान्तर गर्ने भर्चूअल कार्यक्रम छ ।

त्यसपछी उनि परराष्ट्रमन्त्री नारायण खड्काले सांझ ७ः३० बजे होटल द्धारिकाजमा दिएको रात्रिभोजमा सहभागी हुनेछन् ।

उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग बिहान १० बजे शीतल निवासमा ४५ मिनेट भेटवार्ता गर्ने कार्यक्रम छ । वाङले दिउसो होटल हायातमा एमाले अध्यक्ष केपी ओलीसंग ११ः१० देखि ११ः४० सम्म र माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग ११ः४५ देखि १२ः१५ सम्म भेटवार्ता गर्नेछन् । उनि आइतबार ३ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement