चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियान्चाओ काठमाण्डुमा, यस्तो छ भ्रमण तालिका


काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज काठमाण्डु अवतरण गरेका छन् । लिउ चार दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौं अवतरण गरेका हुन् ।चीनको छेन्दुबाट आएको सीए ४३७ उडान नम्बरको एअर चाइनाको चार्टर विमान १० बजेर ५ मीनेटमा काठमाडौंमा अवतरण गरेको हो । लिउ नेतृत्वको टोलीमा छ जना सदस्य छन् ।

लिउलाई परराष्ट्रमन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवतीरमण पौडेलले स्वागत गरेका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटने कार्यक्रम छ । खड्काले नेपाली कांग्र्ेसको केन्द्रीय सदस्यको हैसियतमा लिउको सम्मानमा आजै रात्रिभोज कार्यक्रमको आयोजना गरेका छन् ।

उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्दैछन् । लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग मंगलवार भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीलाई लिउले मंगलवार विहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए ।

चिनियां विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस-

यी ४ ‘टार्गेट’ लिएर भोलिदेखि चिनियाँ विदेश विभाग प्रमुखको नेपाल भ्रमण, पूरा होला चाहना ?

प्रतिक्रिया दिनुहोस
Advertisement