प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार प्रचण्डले नक्सालस्थित होटल मेरियटमा पुगेर विदेशमन्त्री यीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्डले बीआरआई अन्तरगतका परियोजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल चीन दुई मुलुक र पार्टीबीचको सम्बन्ध सुदृढीकरण, बीबआरआईअन्तरगतका परियोजना अघि बढाउन पहल गर्ने, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने लगायतका विषयमा प्रचण्डले प्रतिबद्धता व्यक्त गरेको नेता बस्नेतले जानकारी दिए ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेता शक्ति बस्नेत पनि सहभागी छन्।  यीले प्रचण्डलाई भेट्नुअघि होटल मेरियटमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

ओलीसँगको भेटवार्ता नसकिँदै प्रचण्ड वाङलाई भेट्न पुगेका थिए । शुक्रवार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement