कोरोना भाइरसको इपिसेन्टरमा पुगे चिनियाँ राष्ट्रपति सी


काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलबार बिहान कोरोनाभाइरसको नियन्त्रण प्रयासको अवलोकन गर्नका लागि वुहानको भ्रमण गरेको सीसीटीभीले जनाएको छ ।

यो भ्रमणलाई रोगसँग लड्नका लागि नेताकोतर्फबाट गरिएको पहिलो सार्वजनिक कदम भएको बताइएको छ । गत डिसेम्बरको अन्त्यमा वुहानबाट सुरु भएको यो बिमारीबाट चीनमा मात्रै ३१०० मानिसको मृत्यु भइसकेको छ । आधिकारिक रुपमा कोभिड–१९ भनिएको यो रोग १०० भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ । यो अमेरिका र युरोपमा पनि पुगेको छ ।

जनवरीमा विस्तार भएपनि सीले तुलनात्मक रुपमा कम अडान लिदै आएका थिए । यसको सट्टा दोस्रो वरियताका ली केकियाङले राष्ट्रिय स्तरको भाइरस रोकथाम र नियन्त्रणको नेतृत्व गर्ने समूहको नेतृत्व गर्दै आएका थिए । उनले २७ जनवरीमा १ महिना भन्दा अगाडि वुहानको भ्रमण गरेका थिए ।

सीले मध्य फेब्रुअरीमा विशेषगरी १५ फेब्रुअरीमा भाइरससँग लड्नका लागि महत्वपूर्ण सार्वजनिक भूमिका लिएको कम्युनिस्ट पार्टीको जर्नल क्सिीले जनाएको छ । उनले जनवरी ७ को हाराहारीमा यो रोगबारे आफूले थाहा पाएको भाषणमा उल्लेख गरेका छन् । त्यसयता मात्रै भाइरस रोकथाम साइटमा सीको सार्वजनिक विज्ञप्ति र उपस्थिति देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement