एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहनेमा विश्वस्त छौं : चिनियां राजदूत यान्छी


काठमाण्डु- नेपालका लागि चिनियां राजदूत होऊ यान्छीले एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छन् । चिनियां राजदूत यान्छीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल संधै प्रतिवद्ध रहेको एक चीन नीतिमा फेरी दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी हुन् ।

उनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे विज्ञप्ति जारी गर्दै ताइवान स्वतन्त्रताको मुद्दामा नेपालले दृढतापूर्वक विरोध गरेकाेान प्रशंसा गरिन् ।

ताइवान मामिलामा नेपालको अडानको प्रशंसा गर्दै भनेकी छन् ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको चीन उच्च प्रशंसा गर्दछ । नेपालले विगतझै आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्नेमा हामी विश्वस्त छौं ।’

उनले ताइवानको मुद्दा चीनको आन्तरिक मामिला भएको भन्दै हस्तक्षेप नगर्न चेतावनी दिएकी छन् । विज्ञप्तिमा अमेरिकी सभामुखको भ्रमणको चीनले कडा जवाफ दिने भन्दै यसबाट उत्पन्न हुने सबै नतिजा अमेरिका र ताइवान स्वतन्त्राता पृथकतावादी शक्तिहरुले बेहोर्नुपर्ने चेतावनी दिइएको छ ।

राजदूत यान्छीले दुई देशले आफ्नो सार्वभौमसत्ता,सुरक्षा र क्षेत्रिय अखण्डासम्बन्धी मूल हितका मुद्दाहरुमा एकअर्कालाई बुझ्ने र निरन्तर समर्थन गरिरहेको बताईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement