नेपालको विकासमा सहयोग गर्न चिन तयार :चिनियां राजदूत होङ


रुपन्देही – नेपालका लागी चिनियां राजदुत यु होङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको छ । 

भेटमा लुम्बिनीको पर्यटन प्रवर्द्धन, कृषिको विकास र उद्योगमा चिनियां लगानीबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलले चिनियां रेल काठमाडौं हुंदै लुम्बिनी आउने खबर सुन्दा आफु निकै हर्सित भएको भन्दै छिट्टै रेल लुम्बिनी आउने आशा व्यक्त समेत गरे । 

भेटमा चिनियां राजदुत होङले नेपालको विकासमा चिनियां अनुभव र प्रविधि आदानप्रदान गरी सहकार्य गर्न आफुहरु तयार रहेको धारणा राखिन् । उनले कृषि क्षेत्रमा चीन र नेपालबीच सहकार्य हुंदै आएको जानकारी दिंदै आगामी दिनमा समेत सहयोग अझै बढाउने बताईन । 

उनले लुम्बिनी धेरै चिनियांको मनमा रहेको दाबी गर्दै लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने दावी गरिन् । 

राजदूत होङले भेटमा मुख्यमन्त्री पोखरेललाई चीन भ्रमणको निम्तो समेत दिएकी थिईन । 

प्रतिक्रिया दिनुहोस
Advertisement