चिनियां राजदूत काठमाण्डौं फिर्ता,परराष्ट्रमन्त्री बेइजिङ जांदै


काठमाण्डु –नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छी नेपाल फर्किएकी छन् । दुई महिना लामो बिदा सकेर यान्छी आइतबार एअर चाइनाको विमानबाट छेन्दु हुंदै नेपाल फर्किएकी हुन् ।

उनि गत मे ३१ मा हिमालयन एअरलाइन्सको उडानबाट खुन्मिङ्ग हुँदै बेइजिङ्ग गएकी थिइन् । यान्छी दुई महिना लामो विदा सकेर आजै विहान नेपाल फर्किएकी हुन् । उनि नेपालबाट चांडै बढुवा भएर स्वदेश फर्कने समाचार छ ।

यान्छीले चीन फर्केर हंङकङ वा ताइवान हेर्ने जिम्मेवारी पाउने सम्भावना छ । यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाने टुंगो लागेको छ ।
उनको अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तय भएको स्रोत बताउंछ । नेपाल र चीनका अधिकारीहरु मन्त्री खड्काको भ्रमणको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement