एमाले अध्यक्ष भेट्न चिनियां राजदूत बालकोटमा, के भयो कुराकानी ?


काठमाण्डु– नेपालका लागी चिनियां राजदूत होउ यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी छन् । चिनियां राजदूत यान्छीले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर दुई घण्टा लामो भेटवार्ता गरेकी हुन ।

भेटमा चिनियां राजदूत यान्छीले एमाले अध्यक्षमा निर्वाचित भएकोमा ओलीलाई बधाई दिंदै पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत चांसो राखेकी थिईन । चिनियां राजदूतले एमाले अध्यक्ष ओलीलाई दुई हप्ताअघि देखि भेट्ने प्रयास गरेकी थिईन । तर, ओलीको व्यस्तताका कारण बुधवार मात्र भेट भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अनुमोदनका विषयमा दलहरुबीच निर्णायक छलफल भइरहेका बेला एमाले अध्यक्ष ओलीसंग चिनियां राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, भेटमा एमसीसीबारे छलफल नभएको एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement