अमेरिकी राजदूत फर्केलगत्तै चिनियां राजदूतको पनि सरुवा


काठमाण्डु- नेपालका लागि चिनियां राजदूत होउ यान्छीको सरुवा भएको छ । उनलाई चीनको विदेशमन्त्रालयले दक्षिण पुर्वी एसियाली देशहरुको संगठन आसियान हेर्ने गरी राजदूतको जिम्मेवारीदिएको छ ।

होउले इन्डोनेशियासंगको द्धिपक्षिय सम्बन्ध समेत हेर्नेछिन् । अमेरिकी राजदूत रेण्डी बेरीको समेत सरुवा भएर उनले नेपाल छोडिसकेका छन् । होउले समेत डिसेम्बर भित्र नेपाल छोडिसक्ने तयारी रहेको स्रोत बताउंछ ।

उनि २०१८ मा नेपालको राजदूत भएर काठमाण्डु आएकी थिईन । चिनियां राजदूत नेपालमा रहंदा विवादमा समेत आईन । होउकै पालामा नेपालमा चिनियां राष्ट्रपति सी जिनफिङको समेत नेपाल भ्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement