नेपालसंगको साझेदारी अनन्तकालसम्म : चिनियां राजदूत यान्छी


काठमाडौं– चीनियां राजदूत हउ यान्छीले नेपाल चीनको बलियो साझेदार भएको बताएकी छन् । चिनियां जनमुक्ति सेना स्थापनाको ९२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राजदूत यान्छीले नेपालसंग स्थायी साझेदारी र सहयोग चीनको चाहना भएको भन्दै पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउनुपर्नेमा जोड दिईन ।

राजदूत यान्छीले नेपाल चीनको पुरानो छिमेकी मुलुक भएको भन्दै सहयोगात्मक साझेदारी अनन्तकालसम्म रहिरने स्पष्ट पारिन् ।

चिनियां राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको चर्चा गर्दै राजदूत यान्छीले यसबाट नेपाल–चीन सम्बन्धमा नयां आयाम थपिएको बताईन् । विपद् व्यवस्थापनसहितका पारस्परिक सैन्य अभ्यास सम्बन्धका दृष्टान्त भएको भन्दै राजदूत यान्छीले दुई देशका उच्च सैनिक तहमा समेत सम्बन्ध प्रगाढ भएको उल्लेख गरिन् ।

राजदूत यान्छीले चीनले कहीं पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement