चिनियाँ राजदूत यान्छी र सभामुख सापकोटाबीच भेटवार्ता


काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले केहि बेरअघि सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् ।

पछिल्लो समय नेपालमा अनुमोदन भएको एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने भएका छन् । अमेरिकी अधिकारीहरुले एमसीसीमा आफूलाई मुछेर टिप्पणी गरेपछि चीन असन्तुष्ट छ ।

नेपालमा एमसीसी अनुमोदन भएलगत्तै चीनले ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ’ भनेर प्रतिक्रिया दिएको थियो । एमसीसी अनुमोदन भएको केहि समयलगत्तै भएको राजदूत यान्छी र सभामुखको भेटलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement