चिनियाँ टोली र माधव नेपालबीच बानेश्वरमा भेटवार्ता


काठमाण्डु – नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएको चिनियाँ टोली नेपाललाई भेट्न बानेश्वर आएको हो । नेकपा अध्यक्ष नेपाल र चिनियाँ टोलीबिच नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा छलफल भइरहेको छ ।

आइतबार काठमाण्डु आएको चिनियाँ टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement