चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप उपलब्ध गराउने


काठमाण्डु–चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार पिएलएले सेनालाई ३ लाख डोज खोप उपलब्ध गराउने भएको हो ।

खोप चांडै सेनालाई हस्तान्तरण गर्ने चिनियां तयारी छ । त्यसका लागी बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियां पक्षसंग छलफल गरिरहेका छन् ।

‘अक्टोवरमा खोप नेपाल पुग्ने गरी हामी छलफल गरिरहेका छौं, अहिलेसम्म ३ लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता चिनियां पक्षबाट आएको छ ।’ दूतावास स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

चिनियां राष्ट्रपति सी जिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीसंगको टेलिफोन वार्तामा खोप सहयोगको घोषणा गरेका थिए ।

परराष्ट्रमन्त्री नारायण खड्कासंगको भेटमा मंगलवार नेपालका लागि चीनका राजदूत होउ यान्छीले थप १० लाख डोज कोभिड विरुद्धको खोप नेपाललाई अनुदान सहयोगस्वरुप उपलब्ध गराउने जानकारी दिएकी थिईन । सेनालाई दिन लागेको थप ३ लाख खोप समेत अनुदानमा आउंन लागेको हो ।

भारतिय सेनाले समेत नेपाली सेनाले यसअघि १ लाख खोप उपलब्ध गराइसकेको छ । दोस्रो चरणको सहयोगबारे पनि सैनिक मुख्यालयसंग छलफल चलिरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement