काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा. राणा देउवासँग भेट भएको तस्बिर सार्वजनिक गर्दै राजदूत सोङले भेटघाट भएको र बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन् ।
उनले नेपाल–चीनबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध डा. राणा देउवाको पालामा अझ प्रगाढ हुने विश्वास आफूले राखेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
Happy to call on Hon. Foreign Minister Dr. Arzu Rana Deuba, and warm congratulations. We agreed to enhance our multifaceted relationship and cooperation, to celebrate the 70th anniversary of diplomatic ties between 🇨🇳🇳🇵next year. pic.twitter.com/BbvAfgiKKo
— Ambassador Chen Song (@PRCAmbNepal) July 17, 2024
प्रतिक्रिया