महाअभियोग प्रकरण: देउवादेखि ओलीसम्म बयानका लागि बोलाउने सिफारिस समितिको निर्णय


काठमाण्डु- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका सबै व्यक्तिसँग बयान लिने भएको छ ।

समितिको मंगलबार बसेको बैठकमा पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञहरुलाई बयानका लागि बोलाउनेबारे छलफल भएको कांग्रेस सांसद तथा समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । यद्यपी, क(कसलाई कति बेला बोलाउने भनेर यकिन भने भैसकेको छैन ।

जबराले बयानका क्रममा विवादित विषयहरुमा सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरु, राजनीतिज्ञहरुको नाम लिएका छन् । जसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड छन् ।

सांसद विश्वकर्माले भाद्र मसान्तभित्र महाअभियोगबारे संसद्मा प्रतिवेदन बुझाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement