चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने सिफारिस समितिको निर्णय


काठमाण्डु- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।

समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

समितिमा बयान दिने क्रममा राणाले सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको नाम लिएर विभिन्न आरोप लगाएका छन् । बैठकले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ । आजको बैठकले सो निर्णय गरेको विश्वकर्माले बताए ।

जबराले बयानमा एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतको नाम लिएका थिए ।

गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement