सर्वोच्च विवाद : १५ न्यायाधीशहरुको बैठक आज पनि बस्दै


काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गुटबन्दी गरेका सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका १५ जना बहालवाला न्यायाधीशहरुको बैठक आज बिहान साढे ११ बस्न लागेको हो ।यस अघि सोमबारदेखि न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिएका छन् ।

उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडान राखेका थिए । त्यस्तै प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने उनीहरुको अडान छ ।

मंंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement