पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो आरोप पुष्टी गर्न चुनौती


काठमाण्डु – पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ ।

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरुप्रति जबराले लगाएको आरोप पुष्टी गर्न समेत चुनौती दिएको हो । जबराले बयानका क्रममा पूर्वन्यायाधीशले न्यायलयमा हुने सरुवा, बढुवा तथा नियुक्तीमा भाग खोज्ने गरेको आरोप लगाएका थिए ।

फोरमले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको वयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ ।’

फोरमका अध्यक्ष टोपबहादुर सिंहले जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताए । यो संसदबाट महाभियोग निष्क्रिय भए आगामी संसदले टेक ओभर गर्नुपर्ने सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement