‘एसिया-प्रशान्त क्षेत्र कसैकाे शक्ति प्रदर्शन गर्ने आँगन होइन’


एजेन्सी – चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनअघि उनले यस्तो जोड दिएका हुन् ।

सीले बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) नेताहरूको शिखर सम्मेलनको शुरुवातअघि जारी गरेको लिखित भाषणमा चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

सीको भनाइले अमेरिकाको बढ्दो जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित थियो । एसिया–प्रशान्त क्षेत्र ‘कसैको आँगन“ होइन र यो ‘ठूलो शक्ति प्रतिस्पर्धाको लागि मैदान बन्नु हुँदैन’, सीले भने । उनले ‘आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण र हतियार बनाउने’, कुनै पनि प्रयास“ को निन्दा गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement