राष्ट्रपति भण्डारीबाट फिर्ता नागरिकता विधेयक राष्ट्रियसभामा पेश


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक आइतबार राष्ट्रियसभाको बैठकमा पेश भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा प्राप्त पत्रको व्यहोरा बैठकमा जानकारी गराएका हुन् ।

बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि राष्ट्रियसभामा गराइएको छ।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले उक्त विद्येयकमा पुर्नविचारका लागि नागरिकता विद्येयक सन्देशसहित फिर्ता पठाएकी थिईन । तर, प्रतिनिधिसभाले भने त्यसमा संशोधन विनै फेरी हुवहु पारित गरेको छ ।

पाँच दलीय गठबन्धन दलहरुको बैठकले राष्ट्रपति भण्डारीले पुर्नविचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विद्येयक हुबहु पारित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement