राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले विधायन समितिमा पठायो


काठमाण्डु- राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

अब यो विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ । संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले उक्त विद्येयकमा पुर्नविचारका लागि नागरिकता विद्येयक सन्देशसहित फिर्ता पठाएकी थिईन । तर, प्रतिनिधिसभाले भने त्यसमा संशोधन विनै फेरी हुवहु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement