सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाइयो


काठमाण्डु – काठमाण्डुको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाइने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड-१९ अस्पतालमा रुपान्तरण हुने भएको हो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ । प्रदेश सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीको उपस्थितिमा प्रदेश सरकारको तर्फबाट वरिष्ठ प्रशासक डा.अर्जुन सापकोटाले सिभिल अस्पतालका निर्देशक डा.विधान निधि पौडेललाई सहयोग हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री अधिकारीले कोरोना संक्रमण बढिरहँदा अस्पतालहरुमा बेड तथा अक्सिजनको अभावले संक्रमितहरुको मृत्य भइरहेको अवस्थामा सिभिल अस्पताललाई डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न प्रदेश सरकारले सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement