११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा


काठमाडौं – ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने भएको छ ।

dish home

माघ १०, ११ र १२ गते गरी तीन दिन हुने मुख्य सम्मेलन हुने आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ ।

कार्यक्रममा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टलहरु रहने छन् । स्टलमा निर्माण सामाग्री, भवनका मोडलहरु, पेपर ब्रिज, विभिन्न सिभिल इन्जिनियरिङ डिजाइनगरी इन्जिनियरिङ क्षेत्रलाई समेट्ने सबै खाले स्टलहरु रहने सोसाइटीका सचिव अभिषेक घिमिरेले जानकारी दिए ।

आयोजकले प्यानल टक कार्यक्रमअन्तर्गत निजगढ विमानस्थलको विषयमा विज्ञहरुसँग अन्तक्रिया कार्यक्रमहरु समेत गर्ने भएको छ । सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्नेछन् ।

कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनियरिङ कलेजहरुको सहभागीता रहने छ । प्रदर्शनीमा ३० हजार भन्दा बढी इन्जिनियरिङ क्षेत्रका मानिसहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस