कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालन गर्न सीसीएमसीकाे अनुमति


काठमाण्डु- कोभिड—१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्त सहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । (सीसीएमसी) ले उक्त परीक्षा भौतिक रूपमै साउनको चौथो हप्ताबाट सञ्चालन गर्ने तयारी गरेको हो ।

सीसीएमसीको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई सर्त सहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

सीसीएमसीले सर्त सहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement