मुख्यमन्त्री भट्टले पदभार ग्रहण गरे


कैलाली- प्रदेश सातका मुख्यमन्त्री त्रीलोचन भट्टले आज पदभार ग्रहण गर्नु भएको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलय रातोपुलमा आफ्नै कार्यकक्षमा उहाले पदभार ग्रहण गर्नु भएको हो । मुख्य मन्त्री भट्टलाई प्रदेश नम्बर सातका मुख्य सचिब लक्ष्मी पौडेलले कार्यलयमा स्वागत गर्नु भएको थियो । उहालाई कार्यलयमा नेपाल प्रहरीको एक टुकुडीले सलामी समेत दिएको थियो ।

पदभार ग्रहण गरेपछी संचारकर्मीहरु सँग बोल्दै मुख्य मन्त्री भट्टले प्रदेशको बिकास र संघियतालाई संस्थागत गर्नु आफ्नो पहिलो दायित्व हुने बताउनु भयो । उहाले संघियताको मर्म अनुसार दुरदराजका जनतालाई सरकारको अनुभुती गराउने गरी काम गर्ने बताउनु भयो ।

सात नम्बर प्रदेशमा रहेका स्रोत साधनलाई सही तरिकाले परिचालन गरेरे शुशाशन सहित भ्राष्टार न्युन सहितको प्रदेश बनाउने उहाको भनाई रहेको छ ।

आज नै मुख्यमन्त्री भट्टले सेती अञ्चल अस्पातालको समेत निरिक्षीण गर्नु भएको छ । बिरामीले सजिलो हुने गरी सरकारी स्वास्थ्य सेवा नपाएको गुनासो बढेपछी उहाले पदभार ग्रहण गरेको पहिलो दिन नै अस्पातलको निरिक्षण गर्नु भएको हो ।

मन्त्रीहरुले कार्यभार सम्हाले

प्रदेश नम्बर सातका सबै नब नियुक्त मन्त्रीहरुले आज आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । मुख्य मन्त्रीको सपथ लगत्तै  सबै मन्त्रीहरुले सपथ लिएका हुन । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह ,आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा ,भौतिक पूर्बाधार तथा बिकास मन्त्री पठान बोहोरा ,सामाजिक बिकास मन्त्री दिर्घ सोडारी लगाएतका छ जना मान्त्रीहरुले पदभार ग्रहण गरेका हुन ।
मन्त्रीहरु सम्बन्धित मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरुले मन्त्रीहरु अबिर माला लगाएर स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछी संचारकर्मीहरु सँग बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले प्रदेशमा शान्ती सुरक्षा कायम गर्नु र कानुनको प्रभाबकारी कार्यन्वयन गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
एमाले सात नम्बर प्रदेशका सँसदिय दलका नेता समेत रहेका मन्त्री शाहले जनताले गरेको अपेक्षा अनुसार प्रदेशका सबै जिल्लाहरुमा योजनाबद्ध रुपमा अध्यन गरेर शान्ती सुरक्षा कायम गर्नको लागी आगामी कार्य योजना बनाउने प्रतीकृया दिनुभयो । त्यस्तै पदभार ग्रहणपछी संचारकर्मीसँग कुराकानी गर्दै महत्वपूर्ण जिम्मेवारी पाएका भौतिक पूर्बाधार तथा बिकासमन्त्री बोहोराले यस प्रदेशको भौतिक निर्माणको काम चुनौतीपूर्ण रहेपनी सरकारले जिम्मेवार पूर्ण भएर सरचंना निर्माणमा लाग्ने बताउनुभयो ।
उहाले भौतिक निर्माणका कार्यमा चरम लापरबाही हुने गरेको समयमै योजना सम्पन्न नहुने गरेको कुरालाई अब कडाइका साथ समयमै योजना सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने बताउनु भयो । सडक ,सीचाइ ,खानेपानी ,नदी कटान लगाएतका क्षेत्रमा निर्माणधिन योजना र अब आउने योजनाहरु दुर्तगतीमा अगाडी बढाइने मन्त्री बोहोराको भनाई रहेको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले पनि आज नै पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछी संचारकर्मीहरुसँग बोल्दै मन्त्री बोहोराले प्रदेश नम्बर सातमा संघिय ब्यबस्थामा अर्थ ब्यबस्था मिलाउन ठुलो चुनौती रहेको बताउनु भयो । उहाले सात नम्बर प्रदेशमा खर्चको तुलनामा राजस्व १६ प्रतिशतको हारहारीमा मात्रै राजस्व सन्कलन भएको जानकारी दिनुभयो । मन्त्री बोहोराले आर्थिक बर्ष २०७३ -७४ मा साँढे ५१ अरबको साधरण खर्च र पुजिगत खर्चको ब्ययभार  तथ्याङ रहेको बताउनुभयो ।
चालु आर्थिक बर्षमा पनि ५१ अरब प्रदेश सन्चालनको लागी आबश्यक भएपनी राजस्व १० अरब मात्रै  उठने भएकोले करको दायारा बढाउनु पर्ने र करको नयाँ-नयाँ बाटाहरु खोज्नुपर्ने मन्त्री बोहोराको भनाइ रहेको छ ।
उहाले असार १ गते भित्र प्रदेश सरकारको बजेट ल्याउनुपर्ने सम्बैधानिक ब्यबस्था रहेको उक्त समय सिमाभित्र बजेट ल्याउने तयारी गर्ने जानकारी दिनु भयो । मन्त्री बोहोराले आज नै आन्तरिक राजस्व कार्यलयको निरिक्षण समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement