नेपाल र भारतका प्रधानसेनापतिबीच के-के भयो टेलिफोनमा कुराकानी ?


काठमाण्डु– लामो सैनिक जिवनबाट अवकास पाउन लागेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बीचमा टेलिफोन संवाद भएको छ । प्रधानसेनापति थापाले नै भारतिय समकक्षी नरवणेलाई शुक्रबार टेलिफोन गरेको सैनिक स्रोतले जनाएको छ ।

करिव २० मिनेट लामो टेलिफोन वार्तामा दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने र आपसी सहयोगलाई अझ मजबूत बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

भारतिय सेनाले विज्ञप्ति जारी गर्दै नेपालका सेनापतिसंग आफ्ना सेनाअध्यक्षको टेलिफोन वार्ता भएको र द्विपक्षीय सुरक्षा सहकार्यको विषयमा छलफलद भएको बताएको छ । तर, नेपाली सेनाले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

प्रधानसेनापति थापाले टेलिफोन संवादमा भारतिय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको मेडिकल सामाग्री र कोरोना भाइरसविरुद्धको खोपको लागी धन्यवाद दिएका थिए । त्यसका साथै भारतिय सेनाले नेपाली सेनाका अधिकृतहरुलाई प्रदान गरेको गरिरहेको तालिमलगायतका विषयमा समेत छलफल भएको थियो ।

टेलिफोन संवादमा भारतिय सेनापति नरवणेले आगामी दिनमा पनि नेपाली सेनालाई सहयोग जारी रहने प्रतिवद्धता जनाएका थिए ।

प्रधानसेनापति थापा यही साउंन २४ बाट विदामा बस्दैछन भने आगामी भदौ २६ देखी अनिवार्य अवकासमा जांदैछन् । सरकारले भदौ २६ बाट लागु हुने गरे नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरिसकेको छ । नेपाल र भारतको परम्पराअनुसार थापा भारतीय सेनाका मानार्थ महारथी हुन् भने नरवणे नेपाली सेनाका मानार्थ महारथी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement