प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ मा भारत जाने


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सेनापति शर्माको तीन दिने भारत भ्रमण स्वीकृत गरेको हो । उनि कात्तिक २३ गते भारत जानेछन् भने २६ गते स्वदेश फर्कनेछन् ।

प्रधानसेनापतिको नेतृत्वमा ७ जनाको भ्रमण दल भारत जाने तय भएको हो । भ्रमण दलमा उपरथी निर्मल थापा र सहायकरथी चोकबहादुर ढकाल समेत सहभागी हुनेछन् ।

भारतबाट नेशनल डिफेन्स कोर्स(एनडीसी) गरेका शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापति समेत हुन । उनी भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्न भारत जान लागेका हुन ।

शर्माले भारतिय राष्ट्रपतिको हातबाट दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ ।

नेपाली सेनाका १४ जना प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय सेनाका १८ जना सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका शर्माको यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ मजबूत हुने विश्वास गरिएको छ ।

दुवै देशका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोग आदान प्रदान हुंदै आएको छ । यसअघि नेपाल भ्रमणमा आएका नरवाणेलाई त्रिभुवन विमानस्थलमा शर्माले नै बलाधिकृत रथीको रुपमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement