प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाण्डु – प्रधान सेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र पाकिस्तानका नवनियुक्त राजदूत सैयद हैदर साहबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति थापा र राजदूत हैदरबीच सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement