टाउको काटेको १८ महिनासम्म बाँच्यो कुखुरा


कोलोराडो – के टाउको काटेपछि कुनै मानिस वा जनावर बाच्न सक्छ ? तपाइले भन्नु हुन्छ बिलकुल बाँच्दैन । तर आज भन्दा ७२ वर्ष पहिले अमेरिकामा यस्तै अचम्मको घटना भएको थियो ।

यहाँ एक कुखुरा टाउको काटेको १८ महिनासम्म पनि जिवितै रहेको थियो । उक्त समयमा टाउको बिनाको कुखुरा देखेर मानिस अचम्ममा पर्दै आएका थिए । यसको बारेमा हामी तपाईलाई बताउदै छौ ।
यो कुखुरालाई मि¥याकल माइकको नाम दिइएको थियो ।

१९४५ को १० डिसेम्बरमा कोलोराडोको फ्रुटा बस्ने किसान लायड ओल्सेनले आफ्नी पत्नी क्लारासँगै कुखुरा काट्दै थिए । उनीहरुले कैयौ कुखुरा–कुखुरी काटे । यस क्रममा लायडले साढे पाँच महिनाको एक कुखरा काटे ।

कुखुराको नाम थियो माइक । तर उनलाई यस कुराले अचम्ममा पा¥यो कि कुखुरा मरेन बरु टाउको बिनानै हिड्न थाल्यो । यसपछि उनले कुखुरालाई बाकसमा बन्द गरे । भोलिपल्ट बिहान उठेर हेर्दा उक्त कुखुरा मरेको नभई जिउँदै थियो ।

टाउको बिनाको जीउँदो कुखुराको खबर पुरै फ्रूटा र विस्तारै अमेरिकाको कैयौ सहरमा पैmलिन थाल्यो । यसको बारेमा परिक्षण गर्नका लागि साल्ट लेक सिटीमा रहेको यूटा विश्वविद्यालयका वैज्ञानिकले कैयौ कुखुराको टाउको काटे । तर, टाउको बिना कुनैपनि कुखुरा बाचेनन् ।

मीडिया रिपोर्टका अनुसार यो कुखुरालाई ड्रपबाट जुस पठाइन्थ्यो । तर, १९४७ को मार्चमा मृत्यू भएको थियो । जुस दिएपछि भोजन नलीलाई सिरिन्जले सफा नगरेका कारण मृत्यू भएको लायड ओल्सेनले बताए । यसै कारणले माइकको सास रोकिनाले मृत्यू भएको थियो ।

मि¥याकल माइकको चर्चा यतीसम्म चुलिएको थियो कि लायड ओल्सेनले यो कुखुरा हेर्न आउने मानिसका लागि टिकटकै व्यवस्था गर्नु परेको थियो ।

उनले उक्त समयमा उक्त कुखुराबाट महिनाकै ४५०० डलरको आम्दानी गर्थे । आज ४५०० डलरको मूल्य ५ लाख रुपैयाँ भन्दा बढी पर्छ । यो कुखुराकै कारण लायड ओल्सेनको आर्थिक स्थितिमा पनि सुधार आएको थियो ।

बीबीसीको रिपोर्ट अनुसार न्यूक्यासल युनिभर्सिटीमा सेन्टर फर बिह्याभिएर एन्ड इभोलुसनमा कुखुरा विज्ञ डा. टम स्ल्डर्स भन्छन्, ‘कुखुराको टाउको उसको आँखाको कंकालको पछाडि एउटा सानो हिस्सामा हुने गर्छ ।’

रिपोर्टका अनुसार माइकको चुच्चो, अनुहार तथा आखा निक्लेको थियो । तर स्मल्डर्सका अनुसार कुखुराको मस्तिष्कको ८० प्रतिशत हिस्सा जिवितै रहेको थियो ।

जसका कारण माइकको शरीर, धड्कन, सांस, भोक र पाचन तन्त्र चलिनै रहेको थियो । आजकल फ्रूटामा प्रत्येक वर्ष हेडलेस चिकेन महोत्सव मनाइन्छ । यसको सुरुवात १९९९ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement